सिद्धार्थ बैंकले मनायो २२औं वार्षिकोत्सव
काठमाडौं– सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२औं वर्ष पूरा गरेको छ । सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीको योगदानलाई कदर गर्दै अभिनन्दन गरेको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२औं वार्षिकोत्सव अफर’ ल्याएको छ ।
यहि अवसरमा बैंकले देशका विभिन्न स्थान; काठमाडांै र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीका साथै ग्राहक र स्थानीय गरी १०२ जना रक्तदाता सहभागीता थिए ।