Logo

फोनपेबाट बिल भुक्तानी गर्दा एक वर्षको नि:शुल्क इन्टरनेट

काठमाडौं– फोनपेले आफ्नो अभियान ‘नेट सेट गो !’ सार्वजनिक गरेको छ । यसअन्तर्गत इन्टरनेटको बिल भुक्तानी गर्दा एक वर्षको नि:शुल्क इन्टरनेट जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

यसको उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन गर्नु हो । यसका निम्ति ग्राहकले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तीमा तीन महिना इन्टरनेट बिल भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो अभियान अवधि यही पुस २९ गतेसम्म कायम रहनेछ । ‘लक्की ड्र’मार्फत विजेताको चयन गरिने कम्पनीले जनाएको छ । पाँच विजेताले एक वर्षको नि:शुल्क इन्टरनेट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्