Logo

नेपाल एसबिआई बैंकको कार्यालय स्थानान्तरण

काठमाडौं– नेपाल एसबिआई बैंकले नेपालगञ्ज उपमहानगरपालिका–२ मा रहेको लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–८ भैरहवामा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

प्रदेश कार्यालयको नयाँ भवनको बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले उद्घाटन गरेका छन् । सो कार्यक्रमममा बैंकका प्रबन्ध निर्देशक रामकुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्