Logo

महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं– महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको छ ।

सोही अन्तर्गत बैंकको लालबन्दी शाखाद्वारा रोटरी क्लब अफ ठमेल काठमाडौं र रोटर्‍याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको ‘परियोजना न्यानो’ अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–२ का सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्यांकेट र कपडा वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

त्यसै गरी बैंकको राजापुर शाखाले स्थानीय स्तरमा सञ्चालन भएको श्रीमद् भागवत ज्ञानमहायज्ञ अवधिभरको फोहोर संकलन तथा सरसफाई गर्न डस्टबिनहरु वितरण गरेको छ । श्री राजदेवी सांगीतिक समुहले कलैया उपमहानगरपालिका–१ स्थित राजदेवी माता मन्दिरमा भएको रक्तदान कार्यत्रममा आवश्यक फलफूल र जुसलगायत सहयोग गरेको छ ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीति बमोजिम ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्