राष्ट्रिय बाणिज्य बैंक र यातायात काउन्टर बिच सम्झाैता
काठमाडौं- राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय ललितपुर र एकान्तकुना अवस्थीत यातायात काउन्टर बिच क्यूआर भुक्तानी गर्न सम्झाैता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा सेवाग्राहीको सुविधा मध्यनजर गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिदै राजश्व संकलन, रुट पर्मिट, सवारी दर्ता प्रदुषण लगायत अन्य शुल्कहरु क्यूआर मार्फत भुक्तानी संकलन गर्न सकिने गरि सम्झाैता भएकाे हाे ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय ललितपुरका शाखा प्रबन्धक सूजना बज्राचार्यले यातायात व्यवस्था कार्यालय साना ठूला सवारी एकान्तकुना ललितपुरका कार्यालय प्रमुख पवित्र कुँवरलाई क्यूआर हस्तान्तरण गरेकी थिइन् ।