महिला उद्यमीका उत्पादन बिक्री तथा प्रदर्शनी
![](https://www.karobardaily.com/wp-content/uploads/2024/12/Mahila-Udhyami.jpeg)
काठमाडौं– उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्री तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा र अभिनेत्री मनिषा कोइरालाले सयुक्त रुपमा शुभारम्भ गरेका थिए ।
कार्यक्रममा हस्तकलाका सामग्री, विभिन्न कपडा, घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तर्राष्ट्रिय ब्राण्डका तयारी पोशाक प्रर्दशनीका साथै बिक्री गरिएको थियो । उपप्रमुख लामा र अभिनेत्री कोइरालाले महिलाको सीप र उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाए ।