पोखरामा वल्र्डलिंक कार्निभल हुने
काठमाडौं– इन्टनेट सेवा प्रदायक कम्पनी, वल्र्डलिंकले पोखरामा कार्निभलको आयोजना गर्ने भएको छ । यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बालबच्चाका लागि खेलहरु, विभिन्न प्रकारमा रमाइला खेल रहने वल्र्डलिंकले जनाएको छ ।
कार्निभलको मुख्य आकर्षणको रुपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहने तथा त्यसका साथै विभिन्न स्थानीय कलाकारको बेजोड प्रस्तुती समेत रहने जनाइएको छ ।
पोखराको, पामे, चंखपुरमा हुन गइरहेको ‘अन्तर्राष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौ दिनमा हुने कार्निभल, पुस १३ शनिबार बिहान ९ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु, ‘पबजी प्रतियोगिता’, तथा विभिन्न स्टलहरु रहने छन् ।
साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वल्र्डलिंकले जनाएको छ । त्यस प्रतियोगितामा, १४५ कि.मी. प्रति घण्टा भन्दा माथिको बलिङ गर्न सफल भएमा एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन् ।
कार्निभलमा सहभागी हुन चाहनेहरुको सहजताका लागि वल्र्डलिंकले पोखरामा पामेसम्मका लागि नि:शुल्क बस सेवा समेत प्रदान गर्ने भएको छ ।