Logo

मन्थलीमा भ्रमण बर्षको शुभारम्भ

मन्थली-नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ का अवसरमा बिबिधि कार्यक्रमको आयोजना गरिएको छ ।
मन्थली नगरापालिका द्धारा आयोजित उक्त उक्त कार्यक्रममाका अवसरमा प्रभात फेरी झाकी प्रदर्शन र प्रबचन को आयोजना गरिएको थियो ।
मन्थली माध्यामिक बिद्यालय बाट सुरु भएको बिभिन्न झाकी सहितको -यालीले देकोटा चोक बाट जिल्ला पहरी कार्यालय परिसर हुदै बसपार्क पुगि देकोटा चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमका अवसरमा पञ्चेवाजा, तमाङ, मगर, नेवारी र माझी समुदायको झाकी, खैजेडि भजन, बलन भजन लगाएतको झाकी प्रदर्शन गरिएको थियो ।
जिल्लामा पर्यटककहरुका लागि आकर्षण गर्न यस्ता किसिमका कला र सस्कृतिहरु पनि जिल्लामा छन भन्ने सन्देश दिने उद्देश्यका साथ यस प्रकारको कार्याक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले बताए । 
सो अवसरमा बोल्दै सबिधान सभा सदस्य तारानारायण श्रेष्ठ ले रामेछाप जिल्ला बहुभाषिक र बहु सास्कृतिक जिल्ला का साथै पर्याप्त पर्यटकिय स्थानहरु रहेको जिल्ला भएकोले यसको उतिच प्रचार प्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन लाग्नु पर्ने बताए ।
मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकामा बहु सास्कृतिक पर्यटकियस्थल र धार्मिक स्थलहरु भएको हुँदा त्यसलाई ब्यवस्थीत गरी पर्यटकिय गन्तब्य स्थल निर्माण गर्न आफु सधै लागि पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्