Logo

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टी बीच अर्को सहकार्य


काठमाडौं– लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टी ग्रुपबीच फेरी अर्को सहकार्यको सम्झौता भएको छ । बैंक र यो ग्रुपबीच १० वर्षदेखि सहकार्य हुँदै आएकामा सोमबार अर्को सहकार्यमा हस्ताक्षर भएको हो ।

बैंकको तर्फबाट डिसिओ सुमन आचार्य र लिजेण्ड प्रोपर्टीका उपाध्यक्ष पुर्णबहादुर लिम्बुले सम्झौतामा हस्ताक्षर गरे । लिजेण्डले २०७१ मा भक्तपुरको हेलमेटडांडा जग्गा विकास आयोजना बनाएको थियो । अहिले लिजेण्डले काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाङलाखेलदेखि भक्तपुरहुँदै काभ्रे र पोखरामा आयोजना विस्तार गरिरहेको छ ।

लिजेण्डले यी आयोजनाहरुमा लुम्बिनी विकास बैंक पनि जोडिदै आएको छ । उपाध्यक्ष लिम्बुले हेलमेटडांडाबाट सुरु भएको बैंकसँगको यात्रा अहिलेसम्म पनि निरन्तर राखेकामा बैंकलाई धन्यवाद दिए ।
बैंकका डिसिओ आचार्यले बजारमा जस्तोसुकै कठिनाई आएको अवस्थामा पनि बैंकप्रति निर्वाह गर्नुपर्ने सम्पूर्ण दायित्व पुरा गरेकाले लिजेण्डसँग सहकार्य गर्न विश्वास जगाएको बताए ।

लिजेण्डका आयोजनाहरुमा सहभागी हुने ग्राहकलाई बैंकले छिटो र सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने छ । यसअन्तर्गत ६ वटा जग्गा विकास आयोजना सञ्चालनमा छन् । आयोजना काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा छन् ।

प्रतिक्रिया दिनुहोस्