Logo

पौडेलको ‘चिरबिर चरी मायालु परी’ गीत सार्वजनिक

काठमाडौं– गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ नामक गीत सार्वजनिक भएको छ ।

गीतमा पौडेलसँगै गायिका अस्मिता अधिकारीले स्वर दिएकी छन् । मोहित मुनालको संगीत रहेको गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर प्रेमिल गीत तयार पारिएको गीतकार पौडेलले बताए । ‘नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको भिडियो निर्माणमा कुनै पनि संम्झौता गरेका छैनौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्