लक्ष्मी ग्रुपलेमनायो ५१औं वार्षिकोत्सव
काठमाडौं– लक्ष्मी ग्रुपले ५१औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफू मातहतका संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो ।
ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ । जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए । लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको छ ।
सन् १९७३ मा मिठाइ उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीको प्रतिष्ठित समूह बनेको बताइएको छ ।