Logo

अब नबिल बैंकको कल सेन्टरमा नि:शुल्क सम्पर्क गर्न सकिने

काठमाडौं- नबिल बैंकले आफ्नो सेवालाई थप सरल र पहुँचयोग्य बनाउन टोल-फ्री नम्बर सञ्चालनमा ल्याएको छ । नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ ।

ग्राहकलाई थप सरल, नि:शुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो । नेपाल टेलिकम (एनटीसी) र एनसेल नेटवर्कमार्फत विना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ ।

यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ । बैंकले एनटिसी प्रयोगकर्ताका लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताका लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्