Logo

प्रधानमन्त्रीसँग बंगलादेशका राजदुतको बिदाइ भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकाेमा राजदुत चौधरीलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे ।

राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराए । भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । राजदुत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्