एनआईसी एसियाको सहयोगमा पुस्तकालय सञ्चालन
काठमाडौं– एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरेको छ । विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरेको पुस्तकालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
पुस्तकालय उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव र बैंकका मधेश प्रदेश–६ का प्रमुख शंकर ढकाल तथा विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो । पुस्तकालय सञ्चालनमा आएसँगै ११ सय भन्दा धेरै विद्यार्थी लाभान्वित भएका छन् । यसअघि बैंकले देशका विभिन्न स्थानका विद्यालयहरुमा निर्माण गरेका पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।