Logo

एनपीएलमा सीजी इलेक्ट्रोनिक्सले बाँड्यो १ हजार टिकट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित रोमाञ्चक अफर सम्पन्न गर्दै १००० एनपीएल टिकट ग्राहकलाई वितरण गरेको छ । अफरअन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो । जसले कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरे ।

कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टनजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकमध्येबाट लक्की विजेता छनोट गरी सबै टिकट वितरण गरेको छ । उनीहरूले नेपाली खेलकुद क्षेत्रलाई निरन्तर समर्थन गर्दै यस्ता योजना आगामी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्