Logo

नेशनल लाइफको तीन दिने ‘चेयरपर्सन कार्यक्रम’

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०८०/०८१ मा तोकिएको लक्ष्य पूरा गर्ने ४९१ अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको हो ।

अध्यक्ष सिंहले विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्तालाई सम्मान गरेकी थिइन् । उनले आ.व. २०८०/०८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल सकारात्मक भएको बताइन् ।

आ.व. २०८०/०८१ मा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ता, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ता, विगत १० वर्षदेखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ता, आ.व. २०८०/०८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्तालाई पनि विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्