Logo

सिद्धार्थ बैंकको प्लाटिनम क्रेडिट कार्ड सञ्चालन

काठमाडौं– सिद्धार्थ बैंकले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यो भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो । यस कार्डलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सार्वजनिक गरेका छन् ।

कार्ड प्रयोग गर्ने ग्राहकले वार्षिक दुई पटकसम्म एयरपोर्टमा नि:शुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् । यस्तै कार्ड प्रयोग गरी ४५० भन्दा बढी मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट पाउने छन् । कार्ड प्रयोग गर्ने ग्राहकले बैंकिङ सेवामा प्राथमिकता पाउनेछन् भने नेपाल, भुटान र भारतमा यो कार्ड प्रयोग गर्न सकिने बताइएको छ । उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकलाई नि:शुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्