धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि साढे सात करोड बजेट
दाङ– जिल्लामा पर्यटन प्रवर्द्धनका लागि सात करोड बढी वजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्रका लागि सात करोड ३४ लाख बजेट जिल्लाको पर्यटन क्षेत्रमा विनियोजन भएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ । कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिकामा त्रिसिद्धेश्वरी मन्दिर पूर्वाधार निर्माण (अधुरो) तुलसीपुर–६ का लागि ३० लाख बजेट छ । तकसेरा समाज सांस्कृतिक भवन निर्माण तुलसीपुर–४ का लागि १८ लाख रुपैयाँ बजेट छ ।
ऐतिहासिक छिल्लीकोट र कालिका मन्दिर संरक्षण तुलसीपुर–१९ र भैरव गुफा तथा नरसिङ भेराम मन्दिर निर्माण तथा व्यवस्थापन तुलसीपुर–३ का नाममा १५/१५ लाख तथा क्रान्ति संग्रहालयको पूर्वाधार निर्माण तुलसीपुर–१९ संक्राम, कौवापुर शिव मन्दिर तुलसीपुर–१२, देवस्थल मन्दिर व्यवस्थापन तुलसीपुर–१२, बाघ बाहिनी दुर्गा भगवती मन्दिर तुलसीपुर–१०, मगर गुम्बा पूर्वाधार निर्माण तुलसीपुर–५, धनञ्जय गोत्रीय मन्दिर निर्माण गणेशपुर–७ र नवदुर्गा ग्रीन पार्कमा पूर्वाधार निर्माण तुलसीपुर–९ का लागि १० लाखका दरले बजेट कार्यान्वयन गरिने भएको छ ।
यस्तै मष्टकला संरक्षण केन्द्रको पूर्वाधार निर्माण तुलसीपुर–७ का लागि आठ लाख तथा भयारथान संरक्षण तुलसीपुर–४ वनहरी, भयारथान संरक्षण तुलसीपुर–१५ गब्दहवा, मोतीपुर थारुगाउँ भयार थान संरक्षण तुलसीपुर–११, कटकुइँया भयारथान संरक्षण तुलसीपुर–८, कोठरी शिव मन्दिर तुलसीपुर–१५, दमारगाउँ सत्संग पूर्वाधार निर्माण तुलसीपुर–३, भयारथान संरक्षण तुलसीपुर–७ बम्नै, भयारथान संरक्षण बरुवागाउँ तुलसीपुर–६, शिव मन्दिर संरक्षण खर्चवा तुलसीपुर–७, वन कटुवा भयारथान संरक्षण तुलसीपुर–६ र सत्संग भवन निर्माण बेलुवा तुलसीपुर–९ पशुपति टोललाई सात लाखका दरले बजेट विनियोजन भएको छ ।
यसैगरी घोराही उपमहानगरपालिकामा धारापानी पाण्डवेश्वर मन्दिर धार्मिक पर्यटकीय पूर्वाधार निर्माण घोराही–५ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने शिवपुर पर्यटन पूर्वाधार निर्माण घोराही–११ मा ३० लाख, गोरक्ष रतननाथ धार्मिक क्षेत्र पूर्वाधार निर्माण र बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माणमा २०/२० लाख रुपैयाँ बजेट छ । गढिटाकुरा देवस्थान भौतिक संरचना निर्माण घोराही–१२ र ढिकपुर ड्याम क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण घोराही–१७ मा १५ लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ ।
त्यस्तै महामृत्युन्जय गोरखनाथ धाम चौपट्टा पर्यटकीय क्षेत्र निर्माण वडा नम्बर ३, जस्पुरकोट भगवती मन्दिर पुननिर्माण वडा नम्बर ४, मौलाकोटमा पिकनिकस्थल निर्माण वडा नम्बर १३, गणेश सुधार समिति मन्दिर परिसर पूर्वाधार निर्माण वडा नम्बर १५ एकान्तटोल, ऐतिहासिक बराहक्षेत्र वासुदेव स्थान नरैना मन्दिर संरक्षण घोराही–९, बलिदान चर्चको स्तरोन्नति घोराही–२, राधाकृष्ण एवं ज्येष्ठ नागरिक संरक्षण संस्थाको कम्पाउन्ड वालसहित गेट निर्माण घोराही–१७, कृष्ण मन्दिर क्षेत्रमा पार्क तथा योग भवन निर्माण घोराही–१३ र झिंगटी लेक पार्क पूर्वाधार निर्माण घोराही–१८ मा १०/१० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।
सानो रत्ननाथ मन्दिर चौघेरा संरक्षण तथा संरचना निर्माण घोराही–१७ मा नौ लाख रुपैयाँ बजेट छ । लमही नगरपालिकाको सिसौ बगर पर्यटकीय क्षेत्र चचरिया ताल पूर्वाधार निर्माण लमही–६ र जखेरा ताल संरक्षण तथा पूर्वाधार निर्माणमा १५/१५ लाख बजेट छ । बगारबाबा क्षेत्र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण लमही–९ का लागि २० लाख रुपैयाँ बजेट छ भने शिव मन्दिर संरक्षण र तारबार लमही–१ नर्ती स्वर्गद्वारी टोल, प्रशंसा चर्चको स्तरोन्नति लमही–८ र वनगाउँ नारायणपुर ताल संरक्षण तथा पूर्वाधार निर्माण लमही–३ का लागि १०/१० लाख रुपैयाँ बजेट छ ।
दंगीशरण गाउँपालिकाको सिंहरत्ननाथ मन्दिर जीर्णोद्धार दंगीशरण–७ श्रीगाउँ र दंगीशरण थारु राजा दरबार क्षेत्र पूर्वाधार निर्माण तुलसीपुर–११ का लागि १०/१० लाख बजेट छ भने सतिदेव मन्दिर ट्रस निर्माण दंगीशरण–४ का लागि सात लाख रुपैयाँ विनियोजन भएको छ । बबई गाउँपालिकाको पुरन्धारा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण र सीतापुर धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण बबई–२ लाई १५/१५ लाख बजेट छ ।
राप्ती गाउँपालिकाको खैराहाबाबा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण राप्ती–५ र पिपरी शिव मन्दिर संरक्षण राप्ती–८ का लागि १०/१० लाख बजेट छ भने रामजहदी हरितपार्क स्तरोन्नति, हर्षेडाँडा पर्या पर्यटन तथा खुला व्याायमशाला निर्माण राप्ती–२ र भुल्के पर्यटकीय पूर्वाधार निर्माणका लागि १५/१५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । राजपुर गाउँपालिकाको राम जानकी मन्दिरको स्तरोन्नति राजपुर–५ का लागि १० लाख र गुरुङ गाउँ र कठबेरुवा होमस्टे क्षेत्रमा पूर्वाधार निर्माण राजपुर–१ का लागि पाँच/पाँच लाख बजेट छ ।
गढवा गाउँपालिकामा हडनिया शिव मन्दिरको स्तरोन्नतिका लागि र जंगलकुटी बाबा बाघनाथ धामको लागि १०/१० लाख रुपैयाँ बजेट छ भने शान्तिनगर गाउँपालिकाको सुन्दरादेवी भगवती शक्तिपीठ धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा १० लाख रुपैयाँ बजेट छ ।