गुगल सिस्टमले पत्ता लगाउनेछ ‘ब्रेस्ट क्यान्सर’ «

गुगल सिस्टमले पत्ता लगाउनेछ ‘ब्रेस्ट क्यान्सर’

गुगलको आर्टिफिसअल सिस्टमले महिलाको ब्रेस्ट क्यान्सर पत्ता लगाउन विज्ञ रेडियोलजिस्ट जसरी आफूलाई प्रमाणित गरेको छ । गुगलको एआइ सिस्टमले पत्ता लगाएको क्यान्सर विज्ञहरूले गरेजस्तै भएको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
विश्वभर हरेक ८ जना महिलामा १ जनालाई हुने गरेको ब्रेस्ट क्यान्सरको ठोस रूपमा पहिचान गर्न एआईको सम्भाव्यताबारे नेचर जर्नलमा प्रकाशित गरिएको छ । रेडियोलजिस्टहरूले मामोग्राम्समा ब्रेस्ट क्यान्सर पत्ता लगाउन नसकेको प्रतिशत २० रहेको अमेरिकन क्यान्सर सोसाइटीले जनाएको छ । १० वर्षको अवधिमा स्क्रिन गरिएका सबै महिलाको आधाजतिमा गलत ढंग पजिटिभ रिजल्ट देखा परेको सोसाइटीले जनाएको हो ।
गुगलको माउ कम्पनी अल्फाबेटले डिपमाइन्डको एआइ युनिटसँग विकसित समूहलाई गुगल हेल्थसँग सेप्टेम्बरमा विलय ग-यो । सिकागोस्थित नर्थवेस्टर्न मेडिसिनका यो प्रतिवेदनका लेखक मोजिया इटेमान्डीले यसबारे जानकारी दिएका हुन् ।
यो समूहमा लन्डनको इम्पेरियल कलेज र बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसन्धानकर्ताहरू सामेल रहेका छन् । उनीहरूले गुगलको यो एआई सिस्टमलाई तालिम दिएका थिए । त्यसपछि त्यो सिस्टमले ब्रेस्ट क्यान्सरको अध्ययन गरी पत्ता लगाएको थियो ।
बेलायतका २५ हजार ८५६ मामोग्राम्सको सेट र बेलायतको ३ हजा ९७ मामोग्राम्स सेटको अध्ययन गरिएको थियो । यो अध्ययनबाट एआई सिस्टमले रेडियोलजिस्टका विज्ञहरूले पत्ता लगाएजस्तै क्यान्सर पत्ता लगाउन सक्ने देखिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्