पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन
काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस) का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उनको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।
उनी रासस अंग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि थिए । उनका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको बिहीबार नै अन्त्येष्टि गरिनेछ । राससबाट सेवानिवृत्त भएपछि उनी भोपाल बस्दै आएका थिए । उनका दुई छोरा छन् ।