Logo

‘नेपालको पर्यटन विकासमा निजिक्षेत्रको महत्त्वपूर्ण भूमिका’

काठमाडौं– नेपालको पर्यटन विकासमा निजिक्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डले बताएका छन् । नेपाल हस्तकला महासघंले बुधबार आयोजना गरेको ‘नेपाल–चीन संस्कृति र पर्यटन सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

नेपालमा भएका संस्कृति नेपालमा भएका सांस्कृतिक धार्मिक पक्षको विकासका लागि विदेशी पर्यटन नेपालमा भित्रिने क्रममा पर्यटनको विकास र त्यसमा रहेका मूर्त र अमूर्त संस्कृतिक दुवैलाई लिएर राम्रो पक्ष दिनको लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

नेपालका लागि चीनका राजदूत मुख्य अतिथिका रूपमा आएका हे मिनिस्टर थिङ सोंगले नेपालमा भएका सम्पत्तिहरूमध्ये भौतिक र अभौतिक संम्पतिको विकासकालागि नेपालमो टेक्नोलोजीको विकास थप आवश्यक रहेको कुरालाई सम्बोधन गर्दै मन्त्रीले पर्यटनको विकासमा बढावा दिन र टेक्नोलोजीको क्षेत्रमा विकास पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । नेपालमा पर्यटन विकास गर्ने पक्ष धेरै रहेता पनि त्यस क्षेत्रलाई आवश्यकता पर्ने विकासका निमित्त धेरै काम रहेको र मुख्य क्षेत्रमा सरकारको अझ कमजोरी रहेको र निजि क्षेत्रले यस पक्षमा राम्रो सफलता दिने र छन् तर पनि विशेष र महत्त्वपूर्ण कुरालाई हामीले अगाडि लानुपर्दछ ।

उनले भने, ‘त्यसमा डिजिटल माध्यम अथवा टेक्नोलोजी माध्यम मुख्य पर्दछ टेक्नोलोजीले राम्रो राम्रो सुरुवात गरेको बेलामा नेपालमा पनि संसारकै टेक्नोलोजी होस र संसारमा चलेका टेक्नोलोजीले काम गरोस भन्ने हाम्रो पनि भूमिका रहन्छ । सबैभन्दा पहिला पुजी लाई राम्रो नियन्त्रण र खर्च बढाउमा टेक्नोलोजीले सहयोग गरेमा नेपालमा आउने पर्यटनहरूले नेपालमा गर्ने खर्चमा निकै बढावा हुनेछ र पर्यटन क्षेत्रमा राम्रो विकासको सम्भावना पनि देखिन्छ । डिजिटल प्लेटफर्महरूको स्थापना,भर्चुअल रियलिटी र अग्मेन्टेड रियलिटी,डिजिटल मार्केटिङ, टेक्नोलोजीको माध्यमबाट पर्यटकहरूको बसोबास, गाइड, सुरक्षा, र अन्य सुविधाहरू सुनिश्चित गर्न सकिन्छ । नेपालको पर्यटनलाई पर्यावरणमैत्री र दिगो बनाउनका लागि टेक्नोलोजीको महत्त्वपूर्ण भूमिका हुनेछ । नगदरहित भुक्तानीलाई प्रोत्साहन गरी विदेशी पर्यटकहरूलाई थप सहज बनाउनु पर्छ ।’

टेक्नोलोजीको सही उपयोगले नेपालको पर्यटनलाई नयाँ उचाइमा र्पुयाउनेछ । यसका लागि, सरकार, निजी क्षेत्र, र स्थानीय समुदायबीचको सहकार्य अत्यावश्यक रहेका र यसका लागि निजी क्षेत्र अगाडि र सरकार पछाडि पछाडि सधैँ सहयोगमा पाउनेछ समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्