Logo

सन नेपाल लाइफको ७५ प्रतिशत ब्याज छुट

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस २६ गतेसम्म व्यतित बीमालेख पुनर्जागरणका लागि ७५प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउन यो योजना ल्याएको बताइएको छ । त्यसैगरी ग्राहक र उनीहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरूको सुरक्षालाई निरन्तरता दिन यो अभियान फलदायी हुने कम्पनीको भनाइ छ ।

ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवद्र्धन गर्न कम्पनीले सो याजना अघि सारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्