सिटिजन्स मोवाइल एपमा सिआरएन नम्बर र सेयर आवेदन सुविधा
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ‘सेयर आवेदन र सिआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।
बैंकको मोबाइल एपमार्फत ग्राहकले सिधै आईपीओ, एफपीओ र राइट सेयरका लागि आवेदन दिन सक्ने बताइएको छ । यसैगरी सीआरएन नम्बरका लागिसमेत आवेदन दिन सक्नेछन् । कारोबार सफलताको जानकारी ग्राहकले रियल टाइममै प्राप्त गर्ने बैंकको दावी छ ।
आइपीओ, एफपीओ र राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सन रियल टाइम रेस्पोन्ज र रियल टाइम सीआरएन नम्बर उपलब्धता पश्चात ग्राहकले बैंकको शाखा कार्यालय नगई सहजै सुविधा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।