एनएमबि बैंकको वित्तीय साक्षरता
काठमाडौं– एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम एवं लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
एनएमबि क्यूआर लोनको जानकारीलगायत पर्यटन उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवा र मार्केटिङ प्रविधिबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो । कार्यक्रममा विभिन्न उद्योगबाट ८० उद्यमी सहभागी भएका थिए ।