मिडियालाई एकीकृत कार्यालय खोलिने «

मिडियालाई एकीकृत कार्यालय खोलिने

धनगढी- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई दिने सम्पूर्ण सेवा सुविधा दिन सात वटै प्रदेशमा एकीकृत कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन् । बिहिबार धनगढीमा नेपाल पत्रकार महासंघ कैलालीको भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेस पास दिने, लोककल्यणकारी विज्ञापन दिने, गुनासो सुन्ने लगायतका सेवा दिन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको बताएका हुन् ।
उनले यसले गर्दा पत्रकारहरुलाई साना साना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने बताए । काउन्सिल, सूचना तथा केन्द्र लगायतका निकायको सेवा एकै ठाउँबाट दिन सकिने गरी एकीकृत कार्यालय प्रदेश प्रदेशमा आवश्यक रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।
मन्त्री बास्कोटाले पत्रकारहरुले कसैप्रति आश्रित नहुने र आफ्नै सञ्चार माध्यमप्रति आश्रित हुने गरी स्वतन्त्र, सबल, बलसाली बनाउन आफू र आफ्नो टीम लागि परेको समेत बताए । उनले कहिले काही पत्रकारहरुलाई हातमा भइकोे कलम तरवार चलाएको जस्तो गर्नाले समस्या हुने गरेको बताउँदै सञ्चार क्षेत्रले चिनेका नेताको दबाब गराउन नपर्ने गरी कानुन बनाइरहेको दाबी गरे । अब बन्ने समानुपातिक विज्ञापन नीतिले विज्ञापनका लागि मिडियालाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्ने मन्त्री बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्