Logo

‘प्राविधिक समस्याका कारण विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैन’

काठमाडौं- नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताएका हुन् ।

उनले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको बताए । धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको उनको भनाइ छ । उनले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताए ।

उनले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने बताए । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ । कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मगावाट मात्र विद्युत उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए ।

उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । अन्य ग्राहकहरुले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनको भनाइ छ । उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरुमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको बताए ।

उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको घिसिङले बताए । उनले पिक समयमा भने उद्योगहरुमा विद्युत कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत आपूर्ति गर्न नसकिने बताए । उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए । लोडसेडिङ हुने चरणमा नरहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्