Logo

निर्धारित समयमै काम सक्न गृहमन्त्रीको निर्देशन

रुपन्देही- गृहमन्त्री रमेश लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् । बुधबार सिद्धबाबा सुरुङमार्गको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस आयोजना बनेपछि मुलुक सुरुङ युगमा प्रवेश गर्ने बताए ।

उनले हाइड्रोतर्फ धेरै नै टनेलहरू बनाइएको भए पनि सडक तर्फ नागढुंगा सुरुङ र सिद्धबाबा सुरुङ निर्माण भएकाले यी सुरुङ मार्गहरूको निर्माणले नेपालको सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने बताए । गृहमन्त्री लेखकले सिद्धबाबा सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न गर्न उनले आग्रह समेत गरे ।

आयोजनाले सार्वजनिक गरेको मंगलबारसम्मको प्रगति प्रतिवेदन अनुसार सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत पुगेको छ । प्रगति प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेका छन् । बाइपास २ को अब ७ मिटर खन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्