Logo

सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशिय भुक्तानी सम्झौता

काठमाडाैं- सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग अलि पे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत, चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशबाट नेपाल आएका पर्यटक र अलि पे प्लस प्रयोगकर्ताले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरपोर्टेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्