इटालीको अदालतमा जमानत अपिल «

इटालीको अदालतमा जमानत अपिल

नेपाल इभेष्टमेन्ट बैंकले जमानतवापतको रकम पाउनुपर्ने भन्दै इटालीको स्थानीय अदालतमा अपिल गरेको छ । अदालतले इटालियन ठेकेदार कम्पनी (सीएमसी)का पक्षमा अन्तरिम आदेशलाई निरन्तरता दिएपछि बैंकले अपिल पेस गरेको हो ।
केही दिनअघि मात्र इटालियन स्थानीय अदालतले सीएमसीको पक्षमा स्टे अर्डरलाई निरन्तरता दिने निर्णय गरेको नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बताए । “यसभन्दा अघि स्टे अर्डर दिएर अहिले निरन्तरता दिने निर्णय अदालतले गरेपछि हामीले अपिल पेस गरेका हौं,” उनले भने ।
इटालीको कानुनी प्रणालीअनुसार अपिल गर्दा जुन अदालतले स्टे अर्डर जारी गरेको हो, त्यसैमा दिनुपर्ने भएकाले सोही अदालतामा अपिल गरेको पाण्डेले जानकारी दिए । इटालीको कानुनी प्रणालीअनुसार अपिल गरेको हुनाले आगामी ४५ दिनभित्रमा तीन न्यायाधीशसहितको बेञ्चले फैसला दिने उनले बताए । अपिल गर्दा पछि फैसला पनि सीएमसीको पक्षमा गएमा हाइकोर्टमा जानुपर्ने भएकाले केही समय लाग्नसक्ने उनको बुझाइ छ । तर, सोही तीन न्यायाधीसको बेञ्चले इन्भेष्टमेन्ट बैंकको हितमा फैसलता सुनाएको खण्डमा जमानत वापतको रकम फिर्ता आउने पाण्डेले बताए ।
बैंकको वित्तीय अवस्थाको विषयलाइ लियर अत्तिनु पर्ने अवस्था नभएको बताउँदै पाण्डेले भने, “राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफावाट बैंकको ९७ करोड रिटेन अर्निङको व्यवस्था गेको छ, यसले करिब एक अर्ब ५३ करोड रुपैयाँलाइ कभर गर्छ ।” तर, आपूmहरुको पक्षमा फैसला आएन भने राष्ट्र बैंकले भनेअनुसार प्रोभिजनिङ गरेर जाने पनि उनले बताए ।
इन्भेष्टमन्ट बैंकले करिब १ अर्ब ९१ करोड रुपैयाँ इटालियन बैंक इन्टेसा सानपओलो बैंकको काउन्टर जमानतामा सीएमसीसँगको सम्झौता तोडेको तनहुँ जलविद्युत् आयोजनालाई भुक्तानी दिएको थियो । इन्भेष्टमेन्ट बैंकले आफूले ग्यारेन्टी गरेको पार्टीलाइ भुक्तानी गरेको हुनाले आफूले पनि काउन्टर जमानत बसेको बैंकवाट भुक्तानी पाऊँ भन्ने आग्रह गरेको थियो । तर, ठेकेदार कम्पनी सीएमसीले जमानत बसेको इन्ेभष्टमेन्ट बैंकलाइ भुक्तानी दिनु नपर्ने भन्दै अदालत गएपछि प्रक्रिया जटिल बनेको हो । नेपालमा काम गर्ने वातावरण नभएको र आयोजनाले नै आफूमाथि छल गरेकाले आयोजना छाड्नुपर्ने अवस्था आएको भन्दै सीएमसीले बैंक जमानत बापतको रकम तिर्न नसक्ने दावी गर्दै आएको हो ।
तनहुँ हाईड्रपावर कम्पनीलाई पनि विपक्षी हेको सो मुद्दामा इभेष्टमेन्ट र तनँहु हाइड्रो दुवैले वकिल हायर गरेर मुद्दा लडिरहेका छन् । तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनीले तनहुँ जलविद्युत आयोजनाको काममा नजाँदै आर्थिक संकटमा फसेपछि नेपालबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्