Logo

चितवनमा हात्ती तथा पर्यटन महोत्सवमा

चितवन– चितवनमा हात्ती तथा पर्यटन महोत्सव २०८१ आयोजना हुने भएको छ । यहि पुस ११ देखि १५ गतेसम्म हुने महोत्सवमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य रहेको महोत्सवका संयोजक रामकुमार आर्यालले जानकारी दिए ।

महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुने आयोजक क्षेत्रिय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने आयोजकको भनाइ छ ।

५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सवका संयोजक रामकुमार आर्यालले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी हात्ती तथा पर्यटन महोत्सवको उद्घाटनै क्रममा चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने उनले बताए ।

सौराहामा दुई दशक अघिदेखि आयोजना हुँदै आएको महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको व्यवसायीहरुको भनाइ छ । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्