पूर्वीद्वार काँकडभिट्टामा पर्यटकलाई स्वागत

झापा – सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा बुधवार नेपाल प्रवेशको पूर्वीद्वार काँकडभिट्टाबाट भएको छ । मेचीनगर नगरपालिका अन्तर्गतको मेचीनगर पर्यटन विकास समितिले आयोजना गरेको उद्घाटन कार्यक्रममा नगर प्रमुख विमल आचार्यले ‘नेपाल भ्रमण वर्ष —२०२०’ लाई सफल बनाउन सवै नगरवासीमा आग्रह गदैं नेपालले भ्रमण वर्ष आयोजना गरिनुको उद्देश्यबारे प्रष्ट पारे । कार्यक्रममा काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने ५ जना पर्यटकलाई स्वागत तथा सम्मान गरियो ।
भारतीय नगरिक प्रियंका मल्लिक, पिंकी मजुम्दार, मामुनी मल्लिक, स्वेता खड्का गुलाव चन्द्र देलाई प्रमुख अतिथि संघीय सांसद सुरेन्द्रकुमार कार्की, प्रदेशसभा सदस्यहरु गेपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनालीलगायतले रुद्राक्षको माला र नेपाली ढाकाको टोपी लगाएर स्वागत गरे । विदेशी पर्यटकहरुलाई मेचीपुलबाट नेवार समुदायको लाखे नाँच र अन्य बाजागाजासहित कार्यक्रम स्थलमा ल्याइएको समितिका संयोजक तथा उपप्रमुख मीना पोखरेलले जानकारी दिइन् ।
नेपालले आफुहरुप्रति देखाएको स्वागत तथा सम्मानका लागि विदेशी पर्यटकले खुशीसहित आभार प्रकट गरेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि सांसद कार्कीले हरेक व्यक्तिले वार्षिक योजना बनाएर अघि बढ्नुपर्ने र भ्रमणलाई समेत प्राथमिकतामा राख्न जोड दिए । उनले हरेक नागरिक पर्यटकमैत्री बन्नुपर्ने बताउदैं आफ्नो व्यवहारले पर्यटक आफुप्रति आर्कषित हुने जनाए । उनले यातायात, ट्राभल होटललगायत अनय व्यवसायीहरुमा के गर्दा अधिक से अधिक पर्यटक नेपाल भित्र्याउन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताए । धार्मिक एवम् पर्यटकीय स्थलका संरचनाहरु पर्यटकमैत्री हुनुपर्नेमा जोड दिदैं स्थानीय सरकार त्यसतर्फ लाग्नुपर्ने जनाए । प्रदेशसभा सदस्यहरु गेपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनालीलगायतले बोल्दैँ सरकारले अघि सारेको २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजित ‘नेपाल भ्रमण वर्ष —२०२०’ अभियान शरु भएको र यसलाई सफल पार्न हरेक नागरिकको दायित्व रहेको बताए ।
कार्यक्रममा विभिन्न समुदायको कला, संस्कृति र रीतिरिवाज झल्किने गरी सीमान्तकृत, लोपोन्मुख र आदिवासी जनजातिका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेवार समुदायको लाखे र टकटके, लिम्बु समुदायको च्याब्रुङ नाच सन्थाल समुदाय र मेचे समुदायका कलाकारहरुले नृत्य प्रस्तुत गरिएको थियो । मेचीनगरभित्रका महत्वपुर्ण मानिएका धार्मिक एवम् पर्यटकीय स्थललाई समेटेर तयार पारिएको वृत्तचित्र लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनलाई प्रदान गरियो । यसलाई लक्षित गरेर नगरपालिकाले नगरका धार्मिक एवम् पर्यटकीय स्थल अंकित होडिङ बोर्ड नगरका विभिन्न ठाउँमा राखेको छ । जस्ले गर्दा पर्यटकले नगरका धार्मिक तथा पर्यटकीय स्थलका बारेमा सहजै जानकारी पाउने छन् । नेपाल प्रवेशको पूर्वीद्वारमा रहेको हेल्प डेक्सको उचित व्यवस्थापन गरिएको छ भने नगरका महत्वपूर्ण बजारक्षेत्र काँकरभिट्टा, इटाभट्टा, धुलावारी, धाइजन चारआलीलगायतको सरसफाई गरि बजारक्षेत्रलाई व्यवस्थित गरिएको छ ।
नगरपालिकाले पर्यटन क्षेत्रको प्रोफाइल निर्माण, पर्यटन क्षेत्र मर्मत सम्भार तथा व्यवस्थापन, घनावस्तीमा गल्लीका आधारमा विल्डिङ्ग फ्रन्ट कलर, होटल, होमस्टे, सञ्चालक, व्यवस्थापक तथा ट्राभल सञ्चालक, छोटो दुरीका साना सवारी चालक रिक्शा, सिटि सफारी, लामो दुरीका साना सवारी साधन तथा लामो दुरीका ठुला सवारी चालकलाई विभिन्न विषयमा प्रशिक्षण दिने, खुल्ला सांस्कृतिक साझका लागि स्टेज निर्माणलगायतलाई मध्यकालिन योजनामा अघि सारेको छ । कार्यक्रममा विभिन्न संघ संस्था तथा जातीय समुदायहरुले आफ्नै भेषभुषा र व्यानरसहित सहभागी थिए । साथै नगरपालिकाले वर्षभरिनै यो अभियानलाई सफल बनाउन अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन योजना अघि सारेको नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत तथा समितिका सदस्य सचिव अनन्तप्रकाश वस्तीले बताए ।
त्यस्तै नेपाल भ्रमण वर्ष २०७६ तथा अन्तराष्ट्रिय सातौँ नेपाली टोपी दिवसको अबसर पारेर झापाको चन्द्रगढी विमानस्थलमा काठमाडौँ भद्रपुर आउने तथा जाने यात्रुहरुलाई बुधबार स्वागत सहित सम्मान गरिएको छ । भद्रपुरको मंगल सेवा समितिको नेतृत्वमा सहभागि चन्द्रगढी नागरिक उड्यान कार्यलय, भद्रपुर नगरपालिका, झापा उद्योग बाणिज्य संघ, ट्राभल्स संघ भद्रपुर, किरांत कल्याण समिति लगाएतका विभिन्न ७ वटा संघ संस्थाहरुले पहिलो उड्यान श्री एयरलाईन्स र दोस्रोे बुद्ध एयरलाईन्स बाट भद्रपुर आउने र काठमाडौँ फर्कने स्वादेशी तथा विदेशी यात्रुलाई भव्य स्वागत सहित सम्मान गरिएको हो ।