श्रीनगर एग्रीटेकको दोस्रो वार्षिक साधारणसभा
काठमाडौं– रुपन्देहीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीका संस्थापक सतिस चन्द श्रेष्ठ, मौसुमी श्रेष्ठ, कमलप्रसाद नेपाल, पोषकराज पौड्याल तथा रामकृष्ण खतिवडालाई सञ्चालक चयन गरेको छ ।
यस्तै स्वतन्त्र सन्चालकमा अमरबहादुर थिंगलाई अनुमोदन गरेको छ । साधारण सभाले कम्पनीका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरि कम्पनीको कूल चुक्ता पुँजीको दस प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाद्वारा निर्वाचित नयाँ सन्चालकलाई पद तथा गोपनियताको शपथ पनि गराइएको छ । साधारण सभापछि बसेको कम्पनी सन्चालक समितिको बैठकले सतिस चन्द श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । यसअघि सम्पन्न साधारण सभामा कम्पनीसँग साझेदारी गर्ने उत्कृष्ट कृषक, कृषि सहकारी संस्था, साझेदारी संस्था तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।