Logo

बेष्ट फाइनान्सको कामु सीईओमा श्रेष्ठ

काठमाडौं– बेष्ट फाइनान्स कम्पनीको काउममुकायम मुकरर प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।

फाइनान्सको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई पुस १ बाट लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने उनी फाइनान्सको सहायक महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

फाइनान्सका सीइओ उमेशसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्