Logo

नेपाल-चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

काठमाडौं- नेपालबाट राँगा, भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमबार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लि.बीच उक्त सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताए । उनले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने समेत बताए ।

उनले नेपालमा राँगा, भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताए । नयाँ-नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ । चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्