काठमाडौंको गेटवे धुनीवेसी
धादिङ– संघीय राजधानी काठमाडाैंको पश्चिम दिशामा पर्ने धुनीवेसी नगरपालिका बागमती प्रदेशको ११९ स्थानीय तहमध्येको एक हो । संघीय राजधानी प्रवेशका लागि यस नगरपालिकाको पूर्वतर्फ पाँच वटा मुख्य नाका रहेका छन् । जापान सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा निर्माणधिन सुरुङमार्ग नगरपालिकाको गौरवका रुपमा रहेको छ । सुरुङमार्ग, नागढुंगा नौविसे सडक, वाणभज्याङ–काफलचौर–खानीखोला सडक, धार्के–सितापाइला सडक, लामिडाँडा–भिमढुंगा सडक रहेका छन् ।
यस नगरपालिकाको क्षेत्रफल ९८.६४ वर्गमिटर र जनसंख्या ३६०५४ रहेको छ । काठमाडांैको प्रवेशद्रार, सानो आधारको क्षेत्रफल र जनसंख्या भएकाले भएर मात्र होइन । यहाँ विकासका लागि गरिएका असल अभ्यासहरुले संघीय राजधानीको गेटवेका रुपमा पूर्वाधार विकास भइरहेका छन् । हरियो तथा ताजा तरकारी उत्पादनको हवका रुपमा परिचत धुनीवेसी अहिले पनि उत्तिकै चर्चामा छ । यहाँको तरकारी उत्पादनले कालिमाटो तरकारी मूल्यमा प्रभाव पार्दछ । २०७२ सालको भूकम्पपछि काठमाडांैबाट विस्थापित भएका इँट्टा भट्टा यहाँ स्थानान्तरण भएका थिए ।
नगरपालिका घोषण भए पनि पहिलो निर्वाचित नगरपालिका पदाधिकारीहरुले सोचीविचारी धुनीवेसीलाई ग्रामीण शहरका रुपमा विकास गर्ने र संघीय राजधानी काठमाडाैंको गेटवे बनाउन सोचका साथ इँट्टा भट्टालाई वातावरणमैत्री भएमात्र नविकरण गर्ने नत्र नविकरण नगर्ने भनेपछि अहिले थोरै संख्यामा मात्र इँट्टा भट्टा सञ्चालनमा छन् । जुन आधुनिक प्रविधि तथा वातावरण मैत्री भएकाहरु मात्र सञ्चालनमा छन् ।
नगरपालिकाले स्थानीय जनतालाई स्थानीय सरकारको अनुभूति गराउन पछिल्लो प्रविधिहरुको समेत उपयोग गरेर आधारभूत रुपमा नभई नहुने आवश्यकताहरुलाई क्रमश: पूरा गर्दै गएको छ । ५३ वटा पानी ट्यांकीमा १० लाख ६० हजार लिटर पानी संकलन गरी ३६६ किलोमिटर पाइपबाट छ हजार ८७० घरमा एक घर एकधारा पुर्याएको छ । पानीका श्रोत नभएका स्थानमा समेत पानी खुवाउन सम्भव तुल्याउन १३ वटा डिप बोरिङ गरेको छ । वडा नं. ४ मा दुई वटा, वडा नं. ५ मा छ वटा, वडा नं. ६ मा दुई वटा, वडा नं. ८ मा एक वटा, वडा नं. ९ मा एक वटा र वडा नं. ३ मा एक वटा डिप बोरिङ गरेको छ । वडा नं. १ मा पाँचवटा ट्रयांकी, ४० किलोमिटर पाइपबाट ६५० घरमा धारा जडा गरिएको छ ।
वडा नं. २ मा आठवटा ट्यांकी, ५६ किलोमिटर पाइपबाट एक हजार १२० घरमा धारा जडा गरिएको छ । वडा नं. ३ मा पाँचवटा ट्यांकी, ३५ किलोमिटर पाईपबाट ५५० घरमा धारा जडा गरिएको छ । वडा नं. ४ मा चारवटा ट्यांकी, ५० किलोमिटर पाईपबाट एक हजार ५५ घरमा धारा जडा गरिएको छ । वडा नं. ५ मा सातवटा ट्यांकी, ४६ किलोमिटर पाईपबाट ८७५ घरमा धारा जडा गरिएको छ । वडा नं. ६ मा नौवटा ट्यांकी, ३२ किलोमिटर पाईपबाट ६५० घरमा धारा जडा गरिएको छ । वडा नं. ७ मा पाँचवटा ट्यांकी, २८ किलोमिटर पाईपबाट ४०० घरमा धारा जडा गरिएको छ । वडा नं. ८ मा चारवटा ट्यांकी, ३४ किलोमिटर पाईपबाट ६५० घरमा धारा जडा गरिएको छ । वडा नं. ९ मा छवटा ट्रयांकी, ४५ किलोमिटर पाईपबाट ९२० घरमा धारा जडान गरिएको छ ।
सडकलाई आर्यआजनसँग जोडेर जनतालाई आर्थिक समृद्धितर्फ लम्किन सहयोग पुर्याउन टोलटोलमा सडकको पुर्याइएको छ । ७५ नयाँ ट्रयाकको एक सय पाँच दशमलव ३६४ मिटर खनिएको छ । वडा नं. १ मा छ सय मिटरदेखि दुई किलोमिटरसम्मका १३ वटा नयाँ ट्रयाक खोलिएको छ । यसरी खोलिएको नयाँ ट्रयाकको दुरी १७ दशमलव १ किलोमिटर रहेको छ । वडा नं. २ मा दुई सय १४ मिटरदेखि २१६५ मिटरसम्मका १५ वटा नयाँ ट्रयाक खोलिएको छ । यसरी खोलिएको नयाँ ट्रयाकको दुरी १० दशमलव ४ किलोमिटर रहेरको छ । वडा नं. ४ मा आठ सय मिटरदेखि १५०० मिटर दुरी सम्मका चार वटा नयाँ ट्रयाक खोलिएको छ । यसरी खोलिएको नयाँ ट्रयाकको दुरी चार दशमलव ५५ किलोमिटर रहेको छ । वडा नं. ५ मा तीन साय मिटरदेखि तीन किलोमिटर दुरी सम्मका नौ वटा नयाँ ट्रयाक खोलिएको छ ।
यसरी खोलिएको नयाँ ट्रयाकको दुरी १४ दशमलव ७५ किलोमिटर रहेरको छ । यसैगरी वडा नं. ६ मा सात सय मिटरदेखि १६०० मिटर दुरी सम्मका आठ वटा नयाँ ट्रयाक खोलिएको छ । यसरी खोलिएको नयाँ ट्रयाकको दुरी १० दशमलव ५ किलोमिटर रहेरको छ । वडा नं. ७ मा आठ सय मिटरदेखि तीन दशमलव पाँच किलोमिटर दुरी सम्मका नौ वटा नयाँ ट्रयाक खोलिएको छ । यसरी खोलिएको नयाँ ट्रयाकको दुरी १५ दशमलव ८ किलोमिटर रहेको छ । वडा नं. ८ मा छ सय ५० मिटरदेखि दुई किलोमिटर दुरी सम्मका आठ वटा नयाँ ट्रयाक खोलिएको छ । यसरी खोलिएको नयाँ ट्रयाकको दुरी नौ दशमलव चार किलोमिटर रहेरको छ । वडा नं. ९ मा दुई सय मिटरदेखि ११ दशमलव ५ किलोमिटर दुरी सम्मका नौ वटा नयाँ ट्रयाक खोलिएको छ । यसरी खोलिएको नयाँ ट्रयाकको दुरी २२ दशमलव ७५ किलोमिटर रहेको छ ।
सडक सञ्जाललाई व्यवस्थित गरी बाह्रै महिना सञ्चालन गर्न हरेक वडाका मुख्य मुख्य सडकहरुको स्तरोन्नती गरिएको छ । एक सय ८५ वटा सडकको चार सय दशमलव ११ किलोमिटर सडकको स्तरोन्नती गरिएको छ । वडा नं. १ मा मात्र स्तरोन्नती गरिएका ३३० मिटरदेखि २४ किलोमिटर दुरीसम्मका ३१ वटा सडकको दुरी ९६ दशमलव ६९ किलो मिटर हरको छ । वडा नं. २ मा मात्र स्तरोन्नती गरिएका ४१० मिटरदेखि ११ दशमलव ६७ किलोमिटर दुरीसम्मका १८ वटा सडकको दुरी ४० दशमलव २९ किलो मिटर हरको छ । वडा नं. ३ मा मात्र स्तारोन्नती गरिएका २३० मिटरदेखि तीन दशमलव ७७ किलोमिटर दुरीसम्मका १८ वटा सडकको दुरी २६ दशमलव ४३ किलोमिटर रहेको छ ।
वडा नं. ४ मा मात्र स्तरोन्नती गरिएका ४८० मिटरदेखि ५ दशमल ९१ किलोमिटर दुरीसम्मका १८ वटा सडकको दुरी ३३ दशमलव ९१ किलो मिटर रहेको छ । यसैगरी वडा नं. ५ मा मात्र स्तरोन्नती गरिएका १८० मिटरदेखि चार दशमलव ३८ किलोमिटर दुरीसम्मका ३७ वटा सडकको दुरी १०७ दशमलव ६७ किलोमिटर छ । वडा नं. ६ मा मात्र स्तरोन्नती गरिएका ५६० मिटरदेखि तीन दशमलव १३ किलोमिटर दुरीसम्मका १२ वटा सडकको दुरी १२ दशमलव ९६ किलो मिटर रहेको छ । वडा नं. ७ मा मात्र स्तरोन्नती गरिएका ७४० मिटरदेखि १० दशमलव ९६ किलोमिटर दुरीसम्मका १३ वटा सडकको दुरी ३६ दशमलव ४४ किलो मिटर रहेको छ । वडा नं.८ मा मात्र स्तरोन्नती गरिएका १३० मिटरदेखि ५ दशमलव ४२ किलोमिटर दुरीसम्मका २० वटा सडकको दुरी २५ दशमलव ९२ किलो मिटर रहेको छ । वडा नं. ९ मा मात्र स्तारोन्नती गरिएका २९० मिटरदेखि दुई दशमलव ६७ किलोमिटर दुरीसम्मका १७ वटा सडकको दुरी १९ दशमलव ८० किलो मिटर रहेको छ ।
सडकको दिगोपनाका लागि कालोपत्रे तथा ढलान गर्ने कामपनि भइरहेको छ । हालसम्म १६ वटा सडकको ३५ दशमलव ३५० किलमेमिटर कालोपत्रे तथा ढलान गरिएको छ । हडाडीही जीवनपुर किठनी सडक छ किलो मिटर, नौविसे दोभान सडक छ किलोमिटर, धार्के जीवनपुर सडक चार किरालेमिटर, खिलवुजा भन्ज्याङपोखरी महेशफाँट सडक तीन किलोमिटर, चौधारमोड मरुवा सडक छ किलो मिटर दुरी कालो पोत्र सम्पन्न भएको छ । यसैगरी भन्ज्याङपोखरी महेशफाँट दुइ किलोमिटर, टायलघर जीवनपुर एक मिलोमिटर, फुरौले ढकालखोला आठ मिटर, चालिसे कोइरालेटार छ मिटर, नौविसे कालिदेवी छ सय मिटिर, नौविेसे मगरगाँउ पाँच सय मिटर, काफलचौर नौविसेथोक पाँच सय मिटर, खानस्खोला काफलचौर एक दशमलव पाँच किलोमिटर, गैरीगाँउ सुहाना गाँउ आठ सय मिटर, भन्ज्याङपोखरी थुम्क िसडक पाँच सय पचास मिटर कालो पत्रे तथा ढलान गरिएको छ । सडक गुरुयोजना बनाएर सडकको चौडाइ तोकिएको छ । नगरका २१८ वटा सडकलाई छ मिटर, आठ मिटर, १० मिटर र १५ मिटर गरी चार किसिममा विभाजन गरिएको छ ।
धुनीवेसीलाई शहर बनाउनु पर्छ भनेर नमूना देखाउन वडा नं. ५ को ठुलोवेसी स्वाँराचौरको ९९० रोपनी जग्गालाई शहरीकरण गर्न नगर विकास कोषसंग साझेदारीमा विस्तृत परियोजना प्रतिवेदन र डिजाइनको काम भइरहेको छ । धुलिखेलबाट काठमाडौंको विभिन्न मन्त्रालय तथा कार्यालय, संस्थान, कम्पनीहरुमा काम गर्न आँउछन् २८ किलोमिटर दुरी पार गरेर । धुनीवेसी त २२ किलोमिटरमा सिंहदरवार पुग्छ । अहिले पनि धुनीवेसीमा काठमाडांै बसोवास गरेका कर्मचारी आउँछन् । धुनीवेसीमा राष्ट्रियस्तरको फुटवल मैदान बनाइएको छ । प्याराफिट सहितको हरियाली मैदान छ । सामान्य अवस्थमा फुटवल खेल्न मिल्ने फुटवल मैदान त वडा नं. १, २, ३, ६, ८, ९ मा गरी वटा छ । वडा नैे ५ मा धुनीवेसी पार्क बनाइएको छ ।
नगर प्रमुख बालकृष्ण आचार्यका अनुसार वडा नं. ८ को खर्केडाँडामा पिकनिक स्पट बनाइएको छ । पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यका रुपमा तीनछांगे झरना, तोप्लाङ भ्युटावर, कालिदेवी मन्दिर, कोटा कालिका, गोरखनाथ धाम लगायतका थुप्रै पुर्वाधार छन् । धुनीवसी नगरपालिका नमूना बनाएर विकास गर्न प्रदेश र संघीय सरकारसंग निरन्तर संवाद भइरहेको छ । संघीय सरकारले प्राविधिक शिक्षालय, विश्वविद्यालय, अस्पताल, ट्रमा सेन्टर, तरकारी बजार, हाइकिङको लागि पूर्वाधार र डम्पिङ साइड व्यवस्थित नीतिगत र बजेटको व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले पर्यटन प्रवर्धनका लागि होमस्टे, ग्रामीण बाटो, प्रशोधन तथा चिस्यान केन्द्र, समर्थन मूल्य तोक्ने लगायतको काम गर्नुपर्छ । धुनीवेसी काठमाडौ प्रवेशको मुखमा रहेकाले अधिकांश जनप्रतिनिधिहरु यही नगरपालिकाबाट नै यात्रा गर्दछन् । यहाँहरुलाई आधा दिन धुनीवेसीमा असल अभ्यासको असल अभ्यास आदानप्रदान तथा सिकाई केन्द्र बनाउने सोचका साथ अघि बढेका नगर प्रमुख बताए ।
देशमा नयाँ शहर बनेर विकास भइरहेका छन् । त्यति खर्च धुनीवेसीमा गर्ने हो भने एक लाख होइन १० लाख मानिसका लागि आवास क्षेत्र बनाउन सकिन्छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भएर नागढुंगाबाट जाँदा ट्राफिक जामले धेरैको टाउको दुखाइ हुन्थो । अबको एक वर्षमा त्यो हट्छ । सुरुमार्ग निर्माण सकिन्छ । । सडक सुधार गर्ने काम पनि सकिन्छ । वैकल्पिक मार्गका रुपमा निर्माण भइरहेको धार्के सितापाइला सडक असारसम्मका कालोपत्रे पूरा हुन्छ । वाणभन्ज्याङ काफलचौर खानीखोला सडक पनि स्तरोन्नतीको काम केही भइरहेको छ । भिमढुंगा लामिडाँडा सडक पनि कालोपत्र नै छ । सडक पूर्वाधार तयार छ । धुनीवेसीलाई गेटवे नगरपालिकाकाको आधार बनाउन सकिन्छ ।