सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ । यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरूले ग्राहकहरूलाई ६० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरूले विशेष छुटको लाभ लिन सक्ने जनाएको छ ।