बिर्तामोडमा सिंहदरबार आएको अनूभूति
बिर्तामोड– पूर्वको व्यापारिक केन्द्रको रूपमा परिचित झापाको मुटु मानिने बिर्तामोडमा पछिल्लो समय विकास निर्माणले गति लिन थालेको छ । नेपालको पूर्वीद्वार प्रमुख व्यापारिक केन्द्र र तीव्र सहरीकरणतर्फ उन्मुख हुँदै गइरहेको नगरका रूपमा परिचित बिर्तामोडले बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि निर्वाचित भएपछिको हालसम्मको अवधिमा सोचेभन्दा दोब्बर काम गरेर गाउँमा सिंहदरबार आएको आभाष दिलाएको छ ।
बिर्तामोडलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने उद्देश्यले यस क्षेत्रका जनप्रतिनिधिले प्रदेश र केन्द्र सरकारबाट प्राप्त सहयोगले विकास निर्माणलगायतका काम अघि बढेकाले पनि बिर्तामोडको मुहार फेरिँदै गइरहेको छ । बिर्तामोड नगरपालिकामा जनप्रतिनिीध निर्वाचित भएर आएदेखि नै उनीहरू बिर्तामोडलाई समृद्धिको दिशातिर अगाीड बढाउन लागिपरेकाले अहिले बिर्तामोडको मुहार फेरिँदै गइरहेको छ । बिर्तामोड नगरपालिकामा पहिलो पटक मेयरमा निर्वाचित भएर आएका ध्रुवकुमार शिवाकोटी सहितको जननिर्वाचित टिमले बिर्तामोडलाई समृद्ध बनाउन धेरै राम्रा काम गरे ।
उनीहरू विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगार, कृषि, भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा बिर्तामोडलाई समृद्ध बनाउन सफल भए । त्यसपछि निर्वाचित भएर आएकी मेयर पवित्रा महतारा प्रसाईंसहितको जननिर्वाचित जनप्रतिनिधिको टोली बिर्तामोडलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास सुशासन सहितको समृद्धि’ भन्ने मूल नारासहित अगाडि बढेर बिर्तामोडबासीको मुहारमा खुसी ल्याउन प्रयत्नशील छ ।
निर्वाचनताका बिर्तामोडबासीसँंग गरेका वाचा पूरा गर्न मेयर पवित्रा महतारा प्रसाईंसहितको जननिर्वाचित जनप्रतिनिधिको टोली कम्मर कसेर लागेको छ । बिर्तामोडले विकासमा गति लिएकाले बिर्तामोडको मुहार फेरिएको छ । यसले बिर्तामोडलाई पूर्वको व्यापारिक केन्द्रको रूपमा मात्र परिचित गराएको छैन, आन्तरिक तथा बाह्य पर्यटकका लागि बिर्तामोड राम्रो गन्तव्यसमेत बनेको छ ।
सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स बिच्छ्याउने, पुल, कल्भर्ट बनाउने काम तीव्ररूपमा भइरहेका छन् । बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) धमाधम भइरहेको छ । बिर्तामोड नगरपालिकाबाट जम्मा ६९ किलोमिटर मुख्य सडकहरू कालोपत्रे गरिएको छ । बिर्तामोड बजार तथा ग्रामीण भेगका अधिकांश टोल जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा ब्लक लगाइएको छ ।
बिर्तामोडमा सडकको जालो कसिँदै
बिर्तामोडलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास सुशासन सहितको समृद्धि’ भन्ने मूल नारासहितको नीति कार्यक्रम लिएर अघि बढेकी बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंले सडक निर्माणको कार्यलाई तीव्रता दिएकी छिन् । बिर्तामोड नगरपालिकाले पछिल्लो समय प्राथमिकताका आधारमा सडकको मर्मत सम्भारसँगै कालोपत्रे गरिरहेको उनले बताइन् ।
विश्व बैंक र सघन सहरी कार्यक्रमसमेत लागू भएकाले सडक निर्माणसहितका कामले तीव्रता पाएको छ । वडागत रूपमा संघ, प्रदेश र स्थानीय तहको लागतमा सडक निर्माणका कामलाई तीव्रता दिइएको छ । सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स बिच्छ्याउने, पुल, कल्भर्ट बनाउने काम तीव्ररूपमा भइरहेका छन् । बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) धमाधम भइरहेको छ । बिर्तामोड नगरपालिकाबाट जम्मा ६९ किलोमिटर मुख्य सडकहरू कालोपत्रे गरिएको छ ।
बिर्तामोड बजार तथा ग्रामीण भेगका अधिकांश टोल जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा ब्लक लगाइएको छ । नगरका सबै वडामा आवश्यकता अनुसार सडक ग्राभेल गर्ने कार्य गरिएको छ । नगरभित्र रहेका २२५ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । नगरका विभिन्न स्थानमा साना ठूला पुल तथा कल्भर्ट १२० वटा निर्माण गरिएको छ । साथै सातवटा फलामे पुल र एक वटा झोलुंगे पुल निर्माण गरिएको छ ।
नगरभित्र विशेषगरी सहरी क्षेत्रका विभिन्न स्थानमा २५ किलोमिटर नाला, ड्रेन तथा प्लम लगाइएको छ । साथै ग्रामीण क्षेत्रमा पानी निकासका लागि विभिन्न सडकमा २५ सय थान ह्युमपाइप जडान गरिएको छ । सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानीमा सडकसमेत स्तरोन्नति भइरहेका छन् । ६ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ भने नगरमा २८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ ।
नगर क्षेत्रमा १८४ ठूला साना कल्भर्ट, २७ किलोमिटरमा पेवर्स तथा ब्लक बिच्छ्याउने काम भएको छ । विश्व बैंकको ऋण सहयोगमा बिर्तामोड–६ स्थित बुट्टाबारीबाट प्याकुरेल चौक हुँदै बिर्तामोड–भद्रपुर सडकखण्डमा जोडिने बुट्टावारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिका लागि काम भइहरेको छ । ६ दशमलव दुई किलोमिटर लामो सो सडक निर्माणका लागि विश्व बैंकले ५१ करोड २९ लाख ऋण प्रवाह गरेको छ ।
बिर्तामोड नगरपालिकाले ‘नगर सडक गुरुयोजना’ तयार गरी सडकको वर्गीकरणका आधारमा सडक कालोपत्रे, पेबर्स तथा ग्राभेल एवं स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंले बताइन् । आफू महिला मेयर भएकै कारण बिर्तामोडमा सहरी विकास मन्त्रालयबाट बिर्तामोडमा आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति धमाधम भइरहेको बताइन् ।
सिँचाइको सुविधाले किसानमा खुशी
बिर्तामोड नगरका सबै कृषियोग्य जमिनमा सिँचाइको सुविधा पुर्याउने लक्ष्य बिर्तामोड नगरपालिकाले लिएको छ । बिर्तामोड नगर क्षेत्रभित्र सिँचाइ पुर्याउने लक्ष्यअनुसार ८०७ वटा मोटर बोरिङको व्यवस्था गरिएका कारण २५ सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउन सकिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । त्यस्तै बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको साना सिंँचाइ कार्यक्रममार्फत् हालसम्म १ हजार ४१६ विगाह जमिन सिञ्चित भएको छ ।
विभिन्न संघ संस्था र ज्ञान केन्द्र झापाको समेत सहयोगमा ७० प्रतिशत जमिनमा सिँचाइको सुविधा पुर्याइसकेको बिर्तामोड नगरपालिकाले जनाएको छ । सिँचाइ सुविधाकै कारण किसानको बाली लगाउने प्रक्रियामा नै ठूलो परिवर्तन आएको छ । पहिले धानमात्र लगाउने यहाँका किसान आकासे पानीको भरमा गहुँ र मकै छर्ने गर्दथे तर अहिले यहाँका किसानले तीन बाली लगाइरहेको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंले बताइन् । देउनिया सिँचाइ आयोजना निर्माण गरिएको उनको भनाइ छ ।
बिर्तामोडका सबै नागरिक स्वस्थ्य खानेपानीको पहुँचमा
बिर्तामोड नगरपालिका क्षेत्रभित्रका सबै नागरिक खानेपानीको पहुँचमा पुगेका छन् । बिर्तामोड नगरपालिकास्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बिर्तामोडवासी सबै उपभोक्तालाई २४ घण्टा पानीको सुविधा प्रदान गरिरहेको छ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बिर्तामोडको १० वटै वडाका घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले तीन वटा ओभरहेड ट्यांकी, १६ वटा डिप बोरिङ र ११ वटा फिल्टर प्लाण्टबाट दैनिक करिब दुई करोड १२ लाख लिटर पानी उत्पादन गरी बिर्तामोड बासीलाई चौबीसै घण्टा पानी वितरण गर्दै आएको छ ।
बिर्तामोडमा भवन निर्माणलाई तीव्रता
बिर्तामोड नगरपालिकाले तीव्र सहरीकरण भइरहेको बिर्तामोडमा भवन निर्माणलाई तीव्रता दिइएको छ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र १०७ वटा सामुदायिक भवन (ज्येष्ठ नागरिक भवन, स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, मलामी घर, धर्मशाला, कभर्ड हल, संघ संस्थाका भवन) निर्माण गरिएको छ । वडा नम्बर ८ मा रहेका अतिविपन्न ३७ परिवारका लागि आधारभूत सेवा सुविधासहितको आवास निर्माण गरी नगर गौरव भिलेज स्थापित गरिएको छ ।
बिर्तामोड नगरपालिकाको लोकप्रिय कार्यक्रम ‘विपन्न आवास’ अन्तर्गत ५०६ वटा आवास निर्माण गरेर विपन्न तथा गरिब परिवारलाई हस्तान्तरण गरिसकिएको छ । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल निर्माण गरेको बताइन् । बिर्ता बजारको कृषि भवनसहित नगर अस्पतााल, नगरपालिकाको कार्यालय भवन त्यस्तै वडागत रूपमा संघ, प्रदेश र स्थानीय तहको लागतमा भवन निर्माण, बिर्तामोड नगर अस्पतालको पहिलो भवन निर्माण सम्पन्न, अर्काे १८ करोड रुपैयाँको लागतमा दोस्रो भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
उनले ५६ वटा भवन मर्मत, सात वटा सामुदायिक विद्यालय भवन निर्माण भइसकेको र बिर्तामोड नगरपरिसरमा डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति, बिर्ताबजारमा कृषि बजार तथा सामुदायिक भवन निर्माण भइरहेको बताइन् । प्रदेश र संघीय सरकारसँग समन्यव गर्दै देवीहाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन निर्माण हुनेक्रममा रहेको उनले बताइन् । बिर्तामोड नगरका १० वटा वडामा ११ वटा स्वास्थ्य संस्था निर्माण गरिएको छ ।
गरामनीको दुर्गा शक्ति पीठको स्तरोन्नति गरिएको छ भने बिर्ताबजारको काली मन्दिर पुनर्निर्माण गरिएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, छठ भवन, चर्च जातीय र सांस्कृतिक महत्त्वका भवन र संरचना आश्रम, शक्तिपीठ त्यस्तै पुरातात्विक एवम् ऐतिहासिक महत्त्वका संरचनाको निर्माणमा नगरपालिकाले विशेष ध्यान दिएको उनको भनाइ छ । बिर्तामोड नगरपालिकामा ६९ वटा नगरस्तरीय विकास निर्माणका योजनामा काम भइरहेको छ भने बहुवर्षीय ठेक्कामा २१ वटा योजनाको काम भइरहेको छ ।
त्यस्तै बिर्तामोड नगरमा सञ्चालित बहुवर्षीय तथा क्रमागत योजनाको संख्या ४० छ । बिर्तामोडका १० वटै वडामा वडागत योजनाअन्तर्गत विकास–निर्माणको काम भइरहेको छ । विभिन्न १८० वटा योजनाको काम अघि बढाएकोमा केही योजनाको काम सम्पन्न भएका छन् भने बाँकी ठूला र बहुवर्षीय योजनाको काम निर्माणका चरणमा रहेको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले बताइन् ।
स्थानीय पर्या पर्यटनको प्रवर्द्धन
बिर्तामोड नगरपालिकाले बिर्तामोडमा पर्यटक भित्र्याउन विभिन्न योजना अघि सारेको छ । स्थानीय पर्या पर्यटन विकासका लागि बिर्तामोड नगरपालिकाबाट थुप्रै काम भएको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले बताइन् । बिर्तामोडको बिर्तामोडको पर्यटकीय क्षेत्र विराटपोखरी, सदुमधु पोखरी, सहिद नेत्र पार्क र ६ नम्बर वडामा रहेको हरियाली सामुदायिक वनभित्र पर्यटन क्षेत्र विस्तारका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको उनले बताइन् । त्यस्तै बिर्तामोडको रामचौक सामुदायिक वनमा समेत चिल्ड्रेन पार्क निर्माणका लागि डीपीआर गरेर प्रक्रिया अघि बढाएको उनले बताइन् ।
बिर्तामोडका किसानलाई प्रोत्साहन
बिर्तामोड नगरपालिकाले विषादीरहित कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गरिरहेको छ । बिर्तामोडलाई विषादीमुक्त नगर बनाउन कृषि क्षेत्रमा बढी बजेट विनियोजन गरेको छ । किसानलाई अर्गानिक विषादी निर्माण, गड्यौले मल, बेर्ना उत्पादनलगायतमा अनुदान तथा तालिम दिइएको छ भने ८६ बिघामा आलु, ३०८ बिघामा तोरी, ४२ बिघामा फापर उत्पादक किसानलाई अनुदान उपलब्ध गराइएको छ ।
बिर्तामोड नगरपालिकाले किसानका लागि अनुदानमा मकै छोडाउने मेसिन, खेत जोत्ने पावर ट्रिलर, घाँस काट्ने मेसिन, तरकारी उत्पादनका लागि टनेल, भकारो सुधारलगायतलाई आवश्यक सामग्री, सिँचाइका लागि बोरिङ, गोबर ग्यासलगायतका सामान वितरण गरेको छ । आफूहरूले गोठ सुधारका कार्यक्रमदेखि मेयर पकेट प्याकेज कार्यक्रम सञ्चालन गरेको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले बताइन् ।
समूहगत रूपमा बाख्रा वितरण, बंगुरका पाठा वितरण, कृषिमा सिँचाइका लागि मोटर, बोर्डिङसहित कृषि औजार उपकरणसमेत वितरण गर्दै आइरहेको, मत्स्यपालक कृषकलाई माछाका भुरादेखि माछा पोखरी निर्माणसम्ममा अनुदान उपलब्ध गराएको उनले बताइन् । तरकारीमा दुई, धान र च्याउका एक एक वटा पकेट क्षेत्र बनाएर नगरपालिकाको ८५ र कृषकको १५ प्रतिशत लागतमा साझेदारी कार्यक्रम सञ्चालन भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
कृषकले उत्पादन वृद्धि गर्न जोत्ने, धान काट्ने, सिँचाइका लागि पाइप, पावर स्पे्रयर लगायतका सामग्री खरिद गर्न अनुदान दिइएको छ । मौरीपालक किसानका लागि आवश्यक तालिम तथा ४२ वटा घारसहितको मौरी वितरण गरिएको छ । कृषिथोक उपज बजारमा ५० लाख रुपैयाँको लागतमा बजार केन्द्र भवन निर्माण गरिएको छ । बिर्तामोड–७ मा दूध चिस्यान केन्द्र स्थापना गरिएको छ । ११ वटा माछा पोखरी निर्माणका लागि अनुदान दिइएको तथा माछा भुरा उत्पादनका लागि एक जना कृषकलाई अनुदान दिइएको छ ।
बिर्तामोडका विभिन्न स्थानमा तरकारी बिक्री तथा संकलन केन्द्र खोलिएका छन् । किसानले उत्पादन गरेका तरकारी उक्त केन्द्रमार्फत् बिक्री गरिँदै आएको छ । भारतबाट आयात गरिएका तरकारी नियन्त्रण गर्न पारिको हैन बारीको खाउँ भन्ने नारा तय गरी उक्त कार्य गरिएको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले बताइन् । बजार प्रवर्द्धनका लागी बजेटको व्यवस्था गरेर तरकारी संकलन केन्द्र र बिक्री केन्द्र सञ्चालनसँगै किसानले उचित मूल्यमा आफ्नो उत्पादन उपभोक्तासम्म पुर्याउन सहज भएको उनको भनाइ छ ।
बीउ उत्पादनलाई प्राथमिकतामा राखेर सहज नेपाल, बिर्तामोड नगरपालिका र किसानको समेत लगानीमा ७० टन क्षमताको कोल्ड सेन्टर निर्माण गरिएको उनको भनाइ छ । यस्तै, दुग्ध किसानलाई ५० प्रतिशत अनुदानमा चिलिङभ्याट प्रदान गरी दूग्ध उत्पादनमा प्रोत्साहन गरिएको उनले बताइन् ।
युवा उद्यमीलाई प्रोत्साहन गर्न तालिम
युवा उद्यमीलाई प्रोत्साहन गर्न बिर्तामोड नगरपालिकाले विभिन्न प्रकारका तालिम सञ्चालन गरेको छ । विभिन्न व्यवसाय गर्ने युवा उद्यमीलाई सहुलियत कर्जा, तालिम प्रदान गरिरहेको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले बताइन् । युवालाई उद्यमी बनाउन ढाका बुनाई, व्याग बनाउने, कुक व्युटीपार्लर, सिलाइकटाइ, मौरीपालन, मोटरसाइकल मर्मत, अर्गानिक कपुरधुप निर्माण, अचार बनाउने, कुखुरापालनलगायत विभिन्न प्रकारका तालिम प्रदान गरियो । उद्यम विकासका लागि तालिममा प्रयोग भएका उपकरण तथा प्रविधि व्यक्तिगत र समूहगत गत गरी प्रदान गरिएको उनले बताइन् ।
निजी क्षेत्रसंँग हातेमालो
बिर्तामोड नगरपालिकाले बिर्तामोड क्षेत्रलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्न व्यवसायमैत्री वातावरण निर्माण र अल्पकालीन तथा दीर्घकालीन योजना तयार गरेको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले बताइन् । बिर्तामोड उद्योग वाणिज्य संघसंँग समन्वय गरेर व्यवसायमैत्री वातावरण निर्माण गर्न उनी लागिपरेकी छिन् । बिर्तामोडको नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन आफू लागिपरेको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले बताइन् । बिर्तामोडलाई समृद्ध नगर बनाउन सबैको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।