नेपाल इन्भेस्टमेन्ट बैंकको ‘ग्रीन डबल फिक्स्ड डिपोजिट’ योजना

नेपाल इन्भेस्टमेन्ट बैंकले साढे सात वर्षे अवधिको निक्षेप ‘ग्रीन डबल फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ । योजनाबाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन् । किनभने यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ । यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुनेमात्र नभई यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायु अनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रीन परियोजनाहरूमा लगानी गरिने भन्दै यसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको बैंकले जनाएको छ ।
लगानीका क्षेत्रहरू विशुद्ध रूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने (कार्बन न्युट्रिलाइजेसन) का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएको भन्दै बैंकले ‘ग्रीन डबल फिक्स्डडिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिँदा ५० प्रतिशत छुट प्राप्त गर्ने र यो ग्रीन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिने जनाएको छ ।