Logo

लिट्मसको एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु

काठमाडौं– लिट्मस केबल इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु गरेको छ । २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

उच्च गुणस्तर र टिकाउपनाका सर्वोच्च मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टरहरू गुणस्तरिय रहेको कम्पनीको दावी छ । एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, उच्च–गुणस्तरको क्रस–लिंकिका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश छन् । यसले यी कन्डक्टरलाई नेपालको विविध र चुनौतीपूर्ण भू–भागमा पनि प्रभावकारी प्रदर्शन र दीर्घकालीन संरचना सुनिश्चित गर्न पनि सक्षम बनाउँछ ।

११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टर विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएका छन् । वातावरणीय अनुकूलताको लागि तयार पारिएका यी कन्डक्टर टिकाउ र भरपर्दा छन्, जसले मर्मत खर्च कम गर्नुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्दछ । उत्कृष्ट कन्डक्टरहरूले घरेलु पूर्वाधार तथा सीमापार बिजुली निर्यातलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

मिडियम भोल्टेज कभर्ड कन्डक्टरको उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेर, लिट्मस इन्डस्ट्रीजले नेपालको ऊर्जा पूर्वाधारलाई सुदृढ बनाउँदै देशलाई क्षेत्रीय ऊर्जा नवप्रवर्तनमा अग्रणी स्थानमा स्थापित गरेको छ । यो उपलब्धिले गुणस्तर, दिगोपन, र प्रविधिक विकासप्रतिको कम्पनीको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्