Logo

एनसेलले ल्यायो विशेष बोनस अफर

काठमाडौं– एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्ने कम्पनीले जनाएको छ ।

शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्छ । मंसिर २२ बाट सुरू यो अफर पुस १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैं अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

प्याकको आधारमा, ग्राहकहरूले १ जिबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्छन् । यो अफर लिन ग्राहकले आफ्नो डिभाइसमा एनसेल एप राख्नुपर्छ । एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नुपर्छ ।

कम्पनीका अनुसार प्रत्येक शनिबार एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गई सधैं अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सकिन्छ । खरिद पश्चात तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सकिन्छ । यो अफर सधैं अनका ३९९ रूपैयाँदेखि ९९९ रूपैयाँसम्मका प्याकहरू र ५०, १२५ र ९९९ रूपैयाँका अनलिमिटेड डेटा प्याकहरुमा उपलब्ध छ । प्याक सुरू भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम पाइनेछ ।

त्यस्तै, अनलिमिटेड डेटा प्याक खरिद गर्नेले पनि बोनस टक टाइम पाउनेछन् । जस्तै ३ दिनको समयसीमा रहेको १२५ रूपैयाँ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस पाउनेछन् । यो अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रूपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्त्व राख्ने एनसेलले जनाएको छ ।

सधैं अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्