Logo

रहेनन् पूर्वमेयर सिंह, कामपामा शोक बिदा

काठमाडौं- काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उनको सोमबार ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सोमबार बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको सोमबार नै अन्त्येष्टि गरिनेछ । यस्तै, महानगरपालिकाले सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ ।

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए । २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्