कम्बोडिया–भैरहवा सिधा उडान गर्न पर्यटनमन्त्रीको प्रस्ताव
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा हवाई उडान गर्न प्रस्ताव राखेका छन्।
कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा हवाई उडान गर्न प्रस्ताव राखेका हुन्।
मन्त्री पाण्डेले त्यस अवसरमा सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतबारे पनि जानकारी गराएका थिए।
यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी बौद्ध सर्किट को विकास गर्न सकिने पनि उनले बताए।
भेटमा पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबीच चर्चा भएको थियो।
संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका छन्।