Logo

नेपाल–तिब्बत सन्धिस्थल बेत्रावती संरक्षण गरिने

धादिङ– वि.सं. १८४९ पूर्व नेपाल–तिब्बतबीच युद्ध चलिरहन्थ्यो । युद्धमा नेपाली पक्ष विजयी भएपछि दुई देशबीच बेत्रावती सन्धि भएको तथ्य छ । नेपाल–तिब्बतबीच वि.सं. १८४९ मा बेत्रावती सन्धि भएको हो । अलपत्र अवस्थामा रहेको संन्धि स्थलमा रहेको ऐतिहासिक ढुंगाको विदुर नगरपालिकाले संरक्षण गर्ने भएको छ ।

नगरपालिकाले पुरातात्विक संरचनाको संरक्षण गर्ने योजना अनुसार विदुर नगरपालिका–१० स्थित बेत्रावती सन्धि भएको दुई ढुंगाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरूपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको सालिक स्थापना गर्ने भएको छ । सन्धिस्थलमा युद्धमा प्रयोग भएका सामग्रीसहितको स्मारक स्थापना गरी ऐतिहासिक स्थानको संरक्षण गर्न लागिएको नगर प्रमुख राजनलाल श्रेष्ठले बताए ।

प्रमुख श्रेष्ठका अनुसार चालू आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन गरिएकाले नगरबाट कार्य प्रारम्भ गर्न हो । ‘निर्माण कार्यका लागि प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवम् निरीक्षण भइसकेको छ, । ऐतिहासिक दुई ढुंगा रहेको ठाउँ र आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को निर्माण नगरपालिकाले गरिरहेको छ । नेपाली सेनाबाट युद्ध संरचना स्थापनाको अध्ययन भइरहेको छ ।

ऐतिहारिक स्थलहरुको संरक्षण गर्न नगरपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी गर्न लागेको डीपीआरले निर्देश गरेअनुसार विनियोजित बजेटबाट सेनासँगको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाएको छ । वि.सं. १८४९ मा भएको सन्धिपश्चात् उक्त स्थान अलपत्र र जीर्ण अवस्थामा रहेको छ । सन्धिस्थल संरक्षणका लागि नगरपालिका र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्ला निकायहरु पुरातत्व विभाग तथा बागमती प्रदेश र संघीय सरकारबाट आर्थिक र प्राविधिक सहयोग प्राप्त हुने प्रतिबद्धता पाइएको नगर प्रमुख श्रेष्ठले बताए ।

नेपाल–भोट युद्धमा नेपाली पक्ष विजयी भएसँगै बेत्रावतीमा सन्धि भएको थियो । उक्त स्थानमा एउटा ढुंगामा नेपाली पक्ष बसेको र अर्को ढुंगा तिब्बती पक्ष बसेका विशाल दुई ढुंगा छन् । उक्त ढुंगाको संरक्षण गर्दै सोही स्थानबाट नेपाली पक्षले युद्ध लडेको दूधेगढी, जितगढी हुँदै सूर्यगढीसम्मलाई कुटनीतिक पदमार्ग बनाउने लक्ष्य लिएर काम अघि बढाउन थालिएको छ । दूधेगढीको संरक्षणका लागि नगरपालिकाले एक करोड आठ लाख बजेट विनियोजना गरेर काम गरिरहेको छ । सूर्यगढीको संरक्षणका लागि सूर्यगढी गाउँपालिकामार्फत पुरातत्व विभागसँगको समन्वय र नेपाली सेनासँगको सहकार्यमा काम भइरहेको छ ।

ऐतिहासिक तथा पुरातात्कि स्थलहरुको अवलोक गर्न आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने भएकाले स्थानीय उत्पादन बिक्रीवितरण भई स्वरोजगार सिर्जना हुने छ । पर्यटन प्रवर्द्धनमार्फत स्थानीय होटल तथा होमस्टे सञ्चालकले आर्यआर्जन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्