राष्ट्र बैंकको नयाँ निर्देशनप्रति व्यवसायीको गुनासो «

राष्ट्र बैंकको नयाँ निर्देशनप्रति व्यवसायीको गुनासो

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग नवनिर्वाचित नाडाको टोलीले छलफल गरेको छ । अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको प्रतिनिधिमण्डलले गभर्नर डा. नेपालसँग हालै जारी गरेको ‘क’ ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७६ ले अटोमोबाइल व्यवसायमा प्रभाव पारेको गुनासो गरेका थिए । उनीहरुले राष्ट्र बैंकको निर्देशनले आफूहरुलाई व्यवसाय गर्न समस्या हुने बताएका थिए ।
व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने नयाँ व्यवस्थाप्रति व्यवसायीहरुले आपत्ति जनाएका हुन् ।
छलफल गभर्नर डा. नेपालले राष्ट्र बैंकले सम्पूर्ण व्यवसायीको लगानी सुरक्षित गर्नकै लागि नयाँ निर्देशन जारी गरेको बताए । अटोमोवाइल क्षेत्रलाई राष्ट्र बैंकले कहिले अनुत्पादक क्षेत्रको रुपमा नलिएको भन्दै उनले सर्पोटिभ व्यवसाय भएको बताए । उनले व्यवसायी, बैंक तथा वित्तीय निकायहरुकै राय सझावका आधारमा निर्देशन जारी गरेको स्पष्ट पारे ।
उनले नेपालको राजस्वको मुख्य आयश्रोत नै वस्तुहरुको आयात भएको बताए । उनले नेपालमा आउने रेमिटान्स समेत घटिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवी इक्यूपमेण्ट गरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्