Logo

एमाले राजनीति गर्न मात्र होइन, देश बनाउन जन्मेको पार्टी होः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी भएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सकारात्मक परिवर्तन ल्याउन एमाले पार्टी बनेको बताएका हुन् ।

‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्धेश्य काँधमा बोकेर जन्भिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्‍याउन यो पार्टी बनेको हो’ उनले भने । उनले नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको पनि बताए ।

कार्यकर्ताहरूलाई पनि परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । उनले नेपाली जनताले सजिलोसँग बाँच्न पाउनुपर्छ भन्नु नै एमालेको मुख्य एजेन्डा रहेको बताए । ‘गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान लगाउन पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो। बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्