Logo

यो साता ५२ अंकले घट्यो सेयर बजार


काठमाडौं– यो साता सेयर बजार ५२ अंकले घटेको छ । गत साता २७३४ बिन्दुमा रहेको बजार यो साता २६८२ बिन्दुमा आएको छ । यो ५२ अंक अर्थात् १.९ प्रतिशतको गिरावट हो ।

गत साता बजार ०.५ प्रतिशतले घटेको थियो । पछिल्ला कारोबार दिनहरुमा सयेर बजारमा लगानीकर्ता कमजोर देखिएका छन् । यो साता ५ दिन भएको कारोबारमा १ दिन मात्र बजार बढेको थियो । अन्य ४ दिन बजार घटेको थियो ।

यो साता उत्पादन तथा प्रशोधन बाहेक सबै क्षेत्रका सूचक घटेका थिए । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८८ प्रतिशत घटेको छ । गत साता समग्र बजार घट्दा पनि यो समूह १.३७ प्रतिशतले बढेको थियो । यस्तै गत साता फाइनान्स क्षेत्र सबैभन्दा धेरै ७.४ प्रतिशतले घटेको थियो ।
यो साता पनि फाइनान्स ३.२ प्रतिशतले घट्यो । गत साता १९.९ प्रतिशत बढेको व्यापार समूह यो साता २.८३ प्रतिशतले घट्यो । बजारको शक्तिशाली क्षेत्र बैंकिङ ०.९० प्रतिशत घट्दा हाइड्रोपावर १.९ प्रतिशतले घटेको थियो।

यस्तो थियो साताको कारोबार
आइतबार
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको थियो । यस दिन नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दुमा बन्द भएको हो ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको थियो । गत कारोबार दिन अर्थात् बिहीबार आठ अर्ब ३६ करोडको सेयर कारोबार भएकोमा यस दिन सात अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ कमी आएको हो ।
आइतबार ३२१ वटा धितोपत्रको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएको थियो । यस दिन २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ वटाको घटेको थियो । यस्तै तीन कम्पनीको स्थिर रहेको छ । यस दिन खानीखोला हाइड्रोपावरको मूल्य सर्किट लेभलमा थियो ।
उक्त कम्पनीको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७१ रूपैयाँ ६० पैसा कायम भएको थियो । दोल्ती पावरको मूल्य ८.७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६५७ रूपैयाँ पुगेको थियो । यस्तै, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले घटेको छ भने सामुदायिक लघुवित्तको मूल्य ९.९७ प्रतिशतले घटेको थियो ।
आइतबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको थियो । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ११४ रूपैयाँ ८० पैसामा ३२ करोड ६४ लाख रूपैयाँको सेयर कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९८ प्रतिशत बढेको हो ।
आइतबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशतले घटेको थियो । दोस्रोमा व्यापार समूहको परिसूचक २.१३ प्रतिशतले घटेको थियो ।

सोमबार
यो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो । सोमबार नेप्से ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा बन्द भएको हो ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको थियो । अघिल्लो कारोबार दिन अर्थात् आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८४ करोड रूपैयाँ कमी आएको हो ।
सोमबार ३१७ वटा धितोपत्रको एक करोड १५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको हो । यस दिन ९२ कम्पनीको सेयर मूल्य बढेको थियो भने १३८ वटाको घटेको थियो । यस्तै १३ कम्पनीको स्थिर रहेको थियो । यस दिन इमर्जिङ नेपालको मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३१६ रूपैयाँ कायम भएको थियो ।
मिथिला लघुवित्तको मूल्य ७.१४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ४०० रूपैयाँ पुगेको थियो । यस्तै, स्वाभिमान लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १४१ रूपैयाँमा झरेको थियो ।
यस दिन एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार हुँदा कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १८२ रूपैयाँमा ३५ करोड २७ लाख रूपैयाँको सेयर कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ६.०३ प्रतिशत बढेको हो ।
सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको थियो भने बाँकी आठ समूहको परिसूचक घटेको थियो । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको थियो । जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले घटेको थियो ।

मंगलबार
मंगलबार पनि नेप्से परिसूचक घटेको थियो । यस दिन नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको थियो । गत कारोबार दिन अर्थात् सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएकोमा यस दिन चार अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २१ करोड रूपैयाँ कमी आएको हो । यस दिन ३०३ वटा धितोपत्रको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको हो । मंगलबार ८५ कम्पनीको सेयर मूल्य बढेको थियो भने १४८ वटाको घटेको थियो । यस्तै १० कम्पनीको स्थिर रहेको थियो ।
यस दिन जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ७.६७ प्रतिशतले बढेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४७७ रूपैयाँ कायम भएको थियो ।
खानीखोला हाइड्रोपावरको मूल्य ७.५३ प्रतिशतले बढेर प्रतिकित्ता ४६५ रूपैयाँ ५० पैसा पुगेको थियो । यस्तै, एनआरएन इन्फ्रास्टक्चरको मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५ रूपैयाँमा झरेको थियो ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य ३.५९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २५१ रूपैयाँ ५० पैसा कायम भएको थियो । मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको थियो ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५ रूपैयाँमा १८ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको थियो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माइ हाइड्रोपावर रहेको थियो । उक्त कम्पनीको प्रतिकित्ता ५४९ रूपैयाँ ३० पैसामा १८ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको थियो भने बाँकी नौ समूहको परिसूचक घटेको थियो ।
यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक १ प्रतिशतले घटेको थियो ।

बुधबार
एक साता घटेर १०६ अंक गुमाएको नेप्सेले बुधबार एकैदिन ४५ अंक जोडेको थियो ।
बुधबार नेप्से १.७१ प्रतिशत बढेर २७१५.७१ विन्दुमा बन्द भएको हो । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको थियो ।
बुधबार ३०८ वटा धितोपत्रको एक करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच भएको थियो । यस दिन २११ कम्पनीको सेयर मूल्य बढेको थियो भने २९ वटाको घटेको थियो । यस्तै तीन कम्पनीको स्थिर रहेको थियो । यस दिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३८९ रूपैयाँ २० पैसा कायम भएको थियो ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ८१३ रूपैयाँ १० पैसा पुगेको थियो । यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४१९ रूपैयाँमा झरेको थियो ।
बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको थियो । कम्पनीको प्रतिकित्ता मूल्य ९५६ रूपैयाँ ८० पैसामा ३६ करोड १५ लाख रूपैयाँको सेयर कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९४ प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिभर फल्स पावर रहेको थियो । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४१ रूपैयाँमा २० करोड २५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड बाहेकका सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से परिसूचक बढेको हो । यस दिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको थियो ।

बिहीबार
यो दिन नेप्से परिसूचक १.२३ प्रतिशत घटेर नेप्से २६८२.२९ विन्दुमा बन्द भएको थियो । यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको थियो ।
गत कारोबार दिन अर्थात् बुधबार पाँच अर्ब पाँच करोडको सेयर कारोबार भएकोमा बिहीबार ६ अर्ब १४ करोडको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५९ करोड रूपैयाँ वृद्धि भएको हो ।
बिहीबार ३०४ वटा धितोपत्रको एक करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच भएका थिए । यस दिन ४० कम्पनीको सेयर मूल्य बढेको थियो भने २०४ वटाको घटेको थियो । बिहीबार त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक ८.५५ प्रतिशतले बढेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६० रूपैयाँ कायम भएको थियो ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.५४ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ३५५ रूपैयाँ पुगेको थियो । यस्तै, जानकी फाइनान्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको थियो । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८६१ रूपैयाँ २० पैसामा झरेको थियो ।
दोस्रोमा इङ्गवा हाइड्रोपावरको मूल्य ६.४३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६८२ रूपैयाँ १० पैसा कायम भएको थियो । बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको थियो । कम्पनीको प्रतिकित्ता मूल्य ८६१ रूपैयाँ २० पैसामा २६ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको पसिसूचक १ प्रतिशतभन्दा कमले बढेको थियो भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशतले घटेको थियो । दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक १.९८ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्