Logo

भैरहवामा एयर चाइनाको पहिलो चार्टर्ड उडान

काठमाडौं–भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाले पहिलो पटक चार्टर्ड उडान गरेको छ।
यसअघि पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका जहाजहरुले चाटर्ड उडान गरेका थिए । तर गौतमबुद्ध विमानस्थलका लागि भने चिनियाँ वायुसेवाको उडान यो पहिलो हो।
शुक्रबार १२ः३० बजे एयर चाइनाले चार्टर्ड उडान गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार चार्टर्ड उडानमा २१७ यात्रु आएका थिए। जहाजले सेन्जेन–भैरहवा चार्टर्ड उडान गरेको उनले बताए।
हाल यस विमानस्थलमा नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइ एयर एसियाले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्तीका लागि दैनिक १० घण्टा बन्द भए पछि यी जहाजहरुले भैरहवाबाट उडान सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्