राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् ।
पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल र स्पेनका लागि सनिल नेपाल नियुक्त भएका छन् । यस्तै दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको हो । यसअघि मन्त्रिपरिषद्ले राजदुत नियुक्तिका लागि यीनै व्यक्तिहरुको नाम सिफारिस गरेको थियो ।