प्रतितोला एक हजार २ सय रूपैयाँ घट्यो सुन
काठमाडौं–नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।
बिहीबार परिवर्तन नभएको सुनको भाउ शुक्रबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।