Logo

सहकारी ठगी आरोपमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा

काठमाडौं– मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर गरेको हो। अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा मात्र मुद्दा दायर गरिएको हो। अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन्।
सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ।
अञ्जलासहित सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहलगायत फरार रहेको बताइएको छ।
यो प्रकरणमा अञ्जला लेखा सभापतिकी श्रीमती भएकै कारण प्रहरीले अनुसन्धानमा धेरै रुची देखाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्